काठमाडौं, ७ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालको पहलमा नयाँ आर्थिक वर्षबाट काम शुरु हुने गरी गरीब परिवार पहिचानका लागि बजेट विनियोजन हुने भएको छ।
मन्त्रालयले गरीबी निवारण गर्ने लक्ष्यका साथ देशका विभिन्न १२ जिल्लामा रहेका गरीबहरुको पहिचान गर्न लागेको हो। छनोटमा परेका उक्त १२ जिल्लाका गरीब पहिचानका लागि यसै वर्ष मन्त्रालयले ५२ करोड ८२ लाख बजेट विनियोजन गर्ने भएको मन्त्रालयले जनाएको छ।
गरीब पहिचान गर्न लागिएका १२ जिल्लाहरुमा ताप्लेजुङ, धनकुटा, महोत्तरी , काब्रे, रसुवा , लमजुङ, स्याङ्जा, म्याग्दी, बाके, दैलेख, दार्जुला, डडेलधुरा रहेका छन्।
सरकारले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प गरिरहेको बेला मन्त्रालयले गरीबी निवारणका लागि यस्तो कदम चालेको हो। यो कार्यक्रम गरीबी उन्मुलनको निमित्त एउटा क्रान्तिकारी कदमको सुरुवात हुने अपेक्षा गर्न सकिन्छ ।