पटियाला, ७ जेठ। बैतडीमा जन्मिएकी बिमला भट्ट मिलनसार शोभावकी क्रिकेटर खेलाडी अहिले हक्की खेलाडी बनिन्। उनी बैतडीमा जन्मिए पनि कर्मथलो महेन्द्रनगर बनाएकी थिइन्।
बिमला भन्छिन्, ‘सानैदेखि खेलप्रति लगनशीलताले नै आज धेरै सफलता पाएको छु।’ विभिन्न खेल क्षेत्रमा अघि नै भट्ट राष्ट्रिय खेलाडी हुन। विद्यालयदेखि नै विभिन्न खेलकुदमा सहभागी हुँदै राष्ट्रिय खेलाडी क्रिकेटर समेत हुन्। विरेन्द्र शाही नेतृत्वमा बैजनाथ स्कुलबाट क्रिकेट टिम निकाली १ महिनामा नै शान्तिनगर स्कुलबीच प्रतियोगिता राखियो।
जसमा बैजनाथले नै जितेको थियो।
त्यसपछि डडेलधुरा क्रिकेटको जिल्लास्तरीय खेल लगत्तै काठमाडाैंमा वाइवाइले प्रायोजन गरेको क्रिकेट खेल प्रतियोगितामा भट्टले सहभागी जानाइन्। यसपछि झनै उर्जा मिल्यो त्यस लगत्तै पांचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रिजन नम्बर ६ बाट आफू सेलेट भई खेल खेलेको उनी बताउँछिन्। सुदुपश्चिमका गुरु विरेन्द्र शाहिको प्रेरणाले धेरै टुनामेन्ट खेल्दै आएको बताइन्।
छैटौं खेलकुद प्रतियोगिता क्रिकेटबाट नै खेलेको उनले बताइन्। यसरी खेल खेल्ने बेला आएका उतारचढावले गर्दा छैटौं क्रिकेट प्रतियोगिता पछि फेरि महेन्द्रनगरमा नै हक्की खेल शुरुआतसँगै १२ औँ साउथ एशियन खेल २०१६ मा उनले अन्तर्राष्ट्रिय खेलकुदमा पनि सहभागी हुने मौका पाउँदा आफु खुशिको सिमाले हषिर्त भएको भन्दै भावुक बनिन्।
क्रिकेटमा योगदान दिए , त्यती हक्कीमा नदिए पनि यो सौभाग्य चुम्नका लागि प्रेरणा दिनुहुने किशोरराज ओझा गुरुको प्रेरणा र मेहनेतलाई कहिले नभुलने बताइन्।
आफूलाई परिचित गराउने क्रिकेट खेलप्रति अझै भविष्यमा केही गर्ने सोच रहेको भट्टको भनाई छ। हक्की पछिल्लो समयमा खेलदै आए पनि क्रिकेट सधैँका लागि मेरो अविस्मरणीय खेलको क्षण हो। खेलमा मेहनत र निरन्तरता दिँदै ,ईनटरनेशनल खेल खेल्न जान नपाएपछि हक्किमा लागेको बताइन्।
पटक पटक वुमन अफ द म्याच चुमेकि बिमालालाई अन्ततः राष्ट्रिय टिममा नपुग्नुका कारण बिमला हक्की खेलमा गई १२ साउथ खेलकुदमा प्रतिस्पर्धा गर्दै अन्ततः राष्ट्रिय टिममा परिन्। हाल बिमला हक्की खेलमा विश्वव्यापी चर्चामा आएकी छिन्।उनी साताैँ राष्ट्रिय हक्की गोल मेडलिष्ट हुन्।
पछि राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसीप २०७४ मा पनि मेडल हात पारिन्। यसरी हक्कीकै प्रेरणाले गर्दा उनी नेता सुवास जि नेशनल प्राविधिक खेलकिडा स्थल ईन्डियामा डिपलोमा कोषमा पनि प्रतिस्पर्धामा नाम निकाल्न सफल बनेकी भट्ट हक्की कोचहरुको प्रेरणा जस्तै क्रिकेटमा पाएको भए क्रिकेटमा नै यो कोष गर्ने थिए पत्रकारहरुसँग बताइन। कोचसाहब बन्दै, गर्दा क्रिकेट खेलको विकाश नेपालमा गएर गर्ने ईच्छा प्रकट गरिन्। हाल उनी पटियालामा हक्की खेलमा चर्चित बन्दैछिन्।