काठमाडौं, ८ जेठ। लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले २३ सदस्यीय टिमको घोषणा गरेको हो।
यो पटक अर्जेन्टिनाको टिम निकै बलियो देखिएको छ। कप्तान मेस्सीसँगै विश्वचर्चि खेलाडीको बाहुल्यता रहेको छफरवार्ड लाइनमा मात्रै स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका कप्तान मेस्सी, इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका सर्जियो अग्युरो र इटालियन सिरि ए को उपाधि दिलाएका पाउल डिबेला जस्ता चर्चित फरवार्ड टिममा परेका छन्। विश्वकप २०१८ पछि पहिलो पटक सर्जियो अग्युरो टिममा परेका हुन्।
अर्जेन्टिना फुटबल टिममा गोलकिपर फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा, अगस्टिन मारचसिन रहेका छन् भने डिफेन्डरमा जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना, मिल्टन कस्को छन्।
यस्तै मिडफिल्डरमा लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो सेल्सो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल, एन्जल डि मारिया रहेका छन् भने फरवार्डमा लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबेला, लाउटारो मार्टिनेज, म्याटिस सुआरेज छन्।