बिहीबार विवाहको निर्णय सार्वजनिक गर्दै सलमान

Salman and luliya
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ८ जेठ। बलिउड अभिनेता सलमान खानले बहिबार विवाहको औपचारिक निर्णय सुनाउने भएका छन्। हालसमम वैवाहिक बन्धनमा नरहेको सलमानको विवाहको विषय झन उनका फ्नका लागि निकै रुचिको विषय बनेको राख्दछन्।

५३ वर्षीय बलिउड स्टार सलमान खानको बारेमा भारतीय नागरिकहरुका साथै नेपालीलगायत अन्य देशका फ्यान निकै रुचि राख्दछन्। केहीले सलमानले विवाह नै नगर्ने बताउँछन्। केही उनको विवाहको पर्खाइमा छन्। सलमानले धेरै वर्षको प्रतिक्षापछि बुधबार विवाहको औपचारिक निर्णय सुनाउने बताएका छन्। यसले भारतीय नागरिकमा सलमानको विवाह हुने आशा पलाएको छ।

मुम्बई मिरोरको विवाहसँग सम्बन्धित प्रश्नमा सलमानले भने, ‘मलाई लाग्छ मैले विवाहको विषयमा मे २३ तारिखमा औपचारिक धारणा राख्नेछु।’ मे २३ तारिख अर्थात् भोलि बिहिबार सलमानले आफूले विवाह गर्ने नगर्नेबारे उत्तर दिने बताएका हुन्। तर बिहिबार भारतमा आगामी ५ वर्षका लागि को प्रधानमन्त्री बन्ने भन्नेबारे छिनोफानो हुँदैछ।

सलमानले लोकसभा निर्वाचनको परिणाम या उनको विवाह के मा मानिसले चासो राख्ने भन्ने परीक्षण गर्नका लागिमात्र यस्तो जवाफ दिएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्