काठमाडौं, ९ जेठ। रुकुम पुर्वको भूमे गाउँपालिकामा एक व्यक्ति आफ्नै बुवाको हत्या गरेका छन्। बुवाको हत्या पश्चात उनी प्रहरी चौकीमा उपस्थित गएका हुन्।
भूमे गाउँपालिका–७ का २० वर्षीय विराज विक ४७ वर्षीया बाबु रमन विकको हत्या गरेर स्थानीय प्रहरी चौकीमा उपस्थित भएका हुन्। बुवाको हत्या गरेर विराज बिहीबार विहान ६ बजे भूमे गाउँपालिका–६ महतमा रहेको प्रहरी चौकी पुगेका थिए।
उनले विहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेको प्रहरीमा बयान दिएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले घरायसी विवादका कारण विराजले बुवाको हत्या गरेको हुनसक्ने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘मैले बाबुको घाँटी रेटेर हत्या गरे’ भन्दै प्रहरी चौकी पुगेका विराजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।