बार्बाडोसले ७० हजार डलरमा किन्यो सन्दीप लामिछानेलाई

sandeep
लाेकपाटी न्यूज

काठमाडौं, ९ जेठ। इन्डियन प्रिमियर लिगको सफलता पछि नेपालका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल टि २०)का लागि अनुबन्धित भएका छन्।

सन्दीपले सिपिएलमा वेस्ट इन्डिजका पूर्व फास्ट बलर वास्टार्ट ड्रेकका छोरा डोमिनिक ड्रैक्ससँगै बार्बाडोस ट्रिडेन्टसबाट लिग खेल्ने भएका छन्। प्रतियोगिताको लागि खेलाडी छनोट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत् सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले अनुबन्ध गरेको हो।

सन्दीपलाई बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलर (करिब ७७ लाख ७० हजार नेपाली रुपैयाँ) मा किनेको हो। सिपिएल टि २० को यसअघिको सिजन किट्स एण्ड नेभिस प्याट्रिएट्सबाट उनले करिब ५ हजार डलरमा खेलेका थिए।

सिपिएल ड्राफ्टअन्तर्ग सन्दीप पाँचौं चरणमा चुनिएका हुन्। आगामी अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिग आयोजना हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्