आठ हजार कर्मचारीका लागि परीक्षा लिने लाेकसेवाकाे तयारी

Loksewa Aayog
लाेकपाटी न्यूज

काठमाडौं, १० जेठ। लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ।

आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो। आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो।

आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने जानकारी दिएको छ।

कार्यतालिका अनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ। आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार हाल खुला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन आह्वान गर्न लागिएको हो।

आन्तरिक प्रतिस्पर्धाका लागि भने छिट्टै अर्को प्रक्रिया सुरु गर्ने आयोगको तयारी छ। खुला प्रतिस्पर्धाका लागि झन्डै ८ हजारको संख्यामा विज्ञापन आह्वान हुने आयोगको आँकलन छ। राजधानी दैनिकबाट।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्