यस्तो छ आजको मौसम पूर्वानुमान

लाेकपाटी न्यूज

काठमाण्डौं, १० जेठ। शुक्रबार बिहान काठमाण्डौंको आकाशमा बादल लागेको छ। पश्चिमी वायुको प्रभावका कारण बद्ली भएको मौसमविद्ले बताएका छन्।

शुक्रबार दिनभर काठमाण्डौंलगायत मध्य भेगको मौसम बद्ली हुँदै खुल्नेछ भने बेलुका मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। यस्तै देशको पूर्वी भेगमा भने दिउँसो पनि पानी पर्ने सम्भावना छ।

वायुमण्डलको तल्लो भेगबाट आएको जलवास्पयुक्त हावाका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउए। तराइका भेगमा भने शुक्रबार दिनभर मौसम सफा रहने पनि मौसमविद् नगरकोटीले बताउए।

पानी नपर्ने भएकाले तराइका भेगमा भने गर्मी हुने सम्भावना छ भने पहाडी भेगमा केही शीतल हुने अनुमान रहेको पनि मौसमपुर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्