सरकार नै मानवअधिकारविरुद्ध सक्रिय छ : प्रवक्ता शर्मा

Bishwa-praksh
लाेकपाटी न्यूज
0 Shares

काठमाण्डौं, १० जेठ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकारनै हनन हुने गरी कानून बनाउन लागेको आरोप लगाएका छन्।

प्रवक्ता शर्माले राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता र गरिमा नै अन्त्य हुनेगरी सरकारले सो सम्बन्धि विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै आपत्ति पनि जनाए।

शान्ति र विकासका लागि नागरिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो विधेयकको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुन बनाउने काम रिटायर्ड न्यायाधिशको हो ? भनि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई प्रश्न सोधेकोमा पनि आक्रोश व्यक्त गरे।

प्रवक्ता शर्माले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य स्वदेशी आफैले गर्ने निर्णय उल्टयाएकोमा पनि आपत्ति जनाए। राष्ट्रियताको संरक्षण, लोकतन्त्रको प्रवद्र्धन गर्न पनि सरकार समक्ष नभएको उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्