एजेन्सी। भारतको कम्युनिष्ट घटकले यस लोक सभा निर्वाचनमा हालसम्मकै न्युन सिट हासिल गरेका छन्। एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ।देशभरमा कम्युनिष्टकाे पत्तासाफ भएसँगै नेपाली कम्निष्ट खुशी भएका छन्।
देशभरमा कम्युनिष्टको कुल सिट ५ रहेको छ। हुनत कम्युनिष्टको मत घट्न थालेको सन् २००९ देखि नै हो। सन् २००४ मा संसदीय इतिहासकै सबैभन्दा धेरै लोकसभा सिट जितेका कम्युनिष्टले लगतै पछि सन् २००९ मा जम्मा २४ सिटमात्र जिते।
त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए। सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन्। सन् २००४ मा ५९ सांसद जित्दा कम्युनिष्टले तत्कालिन युपिए सरकार गठन गर्न महत्वपूर्ण भूमिका पनि खेलेका थिए।
हाल प्राप्त पाँचमध्य चार सिट तमिल नाडूबाट प्राप्त भएको थियो। त्यहाँ कम्युनिष्ट त्यति बलियो शक्ति होइनन्। उसले डीएमकै समर्थक लहरमा यति मत पाएको विश्वास गरिएको छ। कम्युनिष्टका केही महत्त्वपूर्ण उमेद्वारमध्य निवर्तमान सांसद तथा पोलिट्व्युरो सदस्या मोहम्मद सलिम र बदरुद्दोजा खान तिनको निर्वाचनमा क्षेत्रमा क्रमशः तेस्रो र चौँथो आएका छन्।
केरलामा सबरीमाला विवाद र वायनादबाट राहुल गान्धी लड्ने निर्णयले प्रभाव पारेका देखिएको छ। त्यस्तै, कम्युनिष्टले देखाउने अनुहार भएका कन्हैया कुमारले दोस्रो भए। पश्चिम बंगालमा कम्युनिष्ट मत भाजपातर्फ सरेको स्पष्ट संकेत देखिएको छ। कँग्रेस लहर आएको समय कम्युनिष्टले राम्रो मत पाएको इतिहास छ। सन् १९८० मा उसले ५४ सिट जितेको वर्ष इन्दिरा गान्धी निर्वाचित भएकी थिइन्।
त्यस्तै इन्दिराको हत्यापछि भएको सन् १९८४ को निर्वाचनमा उनीहरुको मत ३३ मा झर्यो। सन् १९९१ मा सोभियत संघको पतनपछि भएको निर्वाचनमा पनि उसले ५६ सिट जितेको थियो।
‘पश्चिम बंगालमा सीपीआई९एम०ले ३–४ सिट जितको आश गरेको थियो। तर जित्ने सोचिएका स्थानका निर्वाचन क्षेत्रमा ठूलो धाँधली भयो,’ सीपीआई महासचिव एस सुधाकर रेड्डीले भने, कम्युनिष्टको भविष्यबारे सोध्दा रेड्डीले, ‘त्यसमा मूल्याकंन गर्नुपर्छ।’
त्यस्तै रड्डीका पार्टी सहकर्मी डी. राजाले भने, ‘यो कम्युनिष्टको सबैभन्दा खराब हार हो। तर यो अन्त्य होइन। अहिलेको परिणामले धर्म निरपेक्षता, लोकतान्त्रिक प्रतिपक्षी पार्टीको असलफता सतहमा आएको छ। प्रत्यक प्रदेशमा उपयुक्त सिट बाडँफाडको माध्यमबाट गठबन्धन बनाउन नसक्नु सबैभन्दा ठूलो गल्ती भयो।’