सगरमाथामा ट्राफिक जाम, तीनको मृत्यु

Mount Everest
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ जेठ। विश्वकै सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम हुँदा तीन जनाको मृत्यु भएको छ।सगरमाथामा ट्राफिक जाम हुँदा दुई भारतीय नगरिकसहित तीन जनाको मृत्यु भएको हो।

भारतकी ५२ वर्षीया कल्पना दास र २७ वर्षीय नाहिल बागवानको बिहीबार सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो। यस्तै अर्का ६५ वर्याीय एक अस्ट्रेलियन नगरिकको पनि आरोहणकै क्रममा निधन भएको स्थानीय भ्रमण आयोजक केशव पौडेलले जनाकारी दिए।

तीनै जनामा ट्राफिक जाम हुँदा एकै स्थानमा धेरै बसिरहँदा शारीरिक समस्या देखिएको उनको भनाइ थियो। १२ घन्टासम्म एकै स्थानमा बस्दा बागवानको मृत्यु भएको पौडेलको भनाइ छ। शेर्पा गाइडले पानी दिएर उनलाई बचाउने प्रयास गरेपनि असफल भएको उनले जानकारी दिए।

त्यस्तै मृत्यु हुने अर्की आरोही कल्पना दासले सन् २००८ मै सगरमाथाको सफल आरोहण गरेकी थिइन्। तर संयौको लाइनमा ट्राफिक जाममा फसेकी उनी यसपटक भने असफल भइन्। ट्राफिक जामका कारण आरोहणकै क्रममा उनको निधन भयो।

त्यस्तै शनाखत नभएका अस्ट्रेलियन नागरिक भने सगरमाथाको टिब्बती भागतर्फ मृत्यु भएको जनाइएको छ। सगरमाथा चढ्ने अनुमति सीमितलाई दिनु पर्ने आवाज उठिरहेको बेला वसन्त ऋतुमा ३ सय ८१ जनालाई सगरमाथा चढ्ने अनुमति दिइएको छ।

गत बुधबारमात्र एक भारतीय र एक अमेरिकी नागरिकको ट्राफिक जामकै कारण मृत्यु भएको थियो। यसवर्ष सगरमाथाको अवस्था पहिलेकोभन्दा खराब भएको बताइएको छ। यो सिजनमा सगरमाथामा मृत्यु हुनेको संख्या ५ पुगिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्