मोदी सरकारमा प्रतिपक्ष नहुने : कस्तो छ संवैधानिक व्यवस्था ?

Narendra Modi india
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। भारतमा लोकसभा चुनावको पूरा मत परिणाम आइसकेको छ। निर्वाचनमा भारतीय जनता पार्टीको मात्रै पनि पूर्ण बहुमत आएको छ। २७२ सिटमा बहुमत मिल्नेमा भाजपा एक्लैले ३०३ सिटमा जीत हासिल गरेको छ। उसको नेतृत्वमा रहेको एनडिए गठबन्धनले ३५२ सिट जितेको छ।

यसरी भाजपाको भारी बहुमत आइरहँदा अब बन्ने लोकसभा पनि प्रतिपक्ष विना नै निर्माण हुने भएको छ। काँग्रेसले प्रतिपक्ष बन्नका लागि आवश्यक १० प्रतिशत अर्थात् ५५ सिट पनि ल्याउन नसकेकाले कुनै पनि पार्टी प्रतिपक्षी नेताको रुपमा सूचीकृत हुने छैनन्। यही स्थिति २०१४ को चुनावबाट बनेको १६ औं लोकसभामा पनि रहेको थियो। यो चुनावमा कांग्रेसले मात्रै ५१ सिटमा चुनाव जितेको छ जबकी कांग्रेसको गठबन्धन यूपीएलाई कूल ८७ सीट मिलेको छ।

२०१४ मा पनि कांग्रेसलाई मात्रै ४४ सीट प्राप्त भएको थियो। त्यतिबेला पनि पार्टीलाई नेता प्रतिपक्षको भूमिका दिइएको थिएन। कांग्रेस लोकसभामा सबैभन्दा ठूलो विपक्षी दल थियो। त्यसैले केन्द्रको एनडीए सरकारले कांग्रेसका नेता सदन मल्लिकार्जुन खडगेलाई सबैभन्दा जेठा विपक्षी दलका नेताको रुपमा प्रतिपक्षी दलको रुपमा मान्ने गरेका थिए।

तर, मल्लिकार्जुन खड्गेले यी अहम बैठकहरुको विरोध गर्दै जतिबेलासम्म प्रमुख प्रतिपक्षी दलको नेता चुनिँदैनन्। त्यतिबेलासम्म बैठकमा सामेल नहुने भनेर बैठकमा उपस्थित नै भएका थिएनन्। यही कारणले लोकपालको नियुक्ति समेत कैयौं महत्वपूर्ण बैठकमा मल्लिकार्जुन खड्गे शामेल भएनन्। यस पटक समेत कांग्रेस बहुमतको कुरा त परको कुरा प्रतिपक्षी दलका नेता समेत बनाउनसक्ने अवस्थामा भएनन्।

यसका साथै सत्ताधारी एनडीएले ऐतिहासिक प्रदर्शन गरेका थिए। एनडीएको हिस्सा ३५२ सीट आएको छ। २०१४ को चुनाव परिणामबाट १६ सीट बढी हो। अब परिणाम सबैभन्दा अघि यो सवाल उठेको छ कि नयाँ सरकार आफ्नो कार्यभार कहिले र कसरी ग्रहण गर्नेछन्। शुक्रबार सरकारले १६ औं लोक सभालाई भंग गराएको छ। क्याबिनेटको निर्णयसँगै सो निर्णय राष्ट्रपति कार्यालय पठाइएको छ। जसको आधारमा लोकसभाको कार्यकाल पूर्ण भएको घोषित गर्दन्। लोकसभाको कार्यकाल ३ जुनसम्म चल्ने छ।

सबै चुनाव नतिजापछि मुख्य निर्वाचन आयुक्तले राष्ट्रपतिलाई अन्तिम चुनावी नतिजाको रिपोर्ट बुझाउने छन्। सबैभन्दा ठूलो दलको रुपमा रहेका सांसदहरुलाई नवनिर्वाचित सदस्यहरुको बैठक हुनेछ। जसमा औपचारिक रुपमा नेताको चुनाव हुनेछ। निर्वाचित भएपछि सबैभन्दा दलका नेता राष्ट्रपतिसँग भेटघाट गरेर सरकार बनाउन दाबी पेश गर्नेछन्। आपसी सुविधाबाट शपथग्रहणका लागि दिन वा समय तय गरिनेछ। नयाँ सरकारको शपथग्रहणसम्म अहिले रहेको सरकार नै कार्यवाहकको रुपमा काम गर्दछ।

जानकारीका अनुसार २६ मेमा प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपतिसँग मिलेर सरकार बनाउने दाबी पेश गर्नेवाला छन्। यसका साथै यो पनि समाचार छ कि ३० मेको साँझ पाँच बजे मोदीको दोस्रो कार्यकालको लागि शपथ ग्रहणको कार्यक्रम हुनेछ। २८ मेमा प्रधानमन्त्री नरेन्द्र मोदीको वाराणसी जाने कार्यक्रम रहेको छ। २९ मेमा प्रधानमन्त्री अहमदाबादमा आफ्नी आमासँग आशीर्वाद लिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्