यसरी लेख्नुस् थेसिस (टिप्स्)

University thesis
लाेकपाटी न्यूज
0 Shares

थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन्। नियमित कक्षा लिएका हुदैनन्। कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा वर्षाैंदेखि अधुरै हुन्छ। विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुकमार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन् :

Research Proposal कसरी तयार पार्ने ?

थेसिसको प्रोपोजल लेख्ने क्रममा केही विद्यार्थीहरुमा देखिएको तनाव स्वाभाविक हो। यसलाई तनावको रुपमा ग्रहण नगर्न र निर्माणात्मक प्रक्रियाको रुपमा बुझ्नु उचित हुन्छ। वास्तवमै यो कठिन कार्य हो। तर जब तपाईं आफ्नो प्रोपोजलमा सफल हुनुहुन्छ तपाइंको थेसिसको झन्डै ५० प्रतिशत काम फत्ते भएको महशुस गर्नु हुनेछ। प्रोपोजल तयार पार्दा धेरैलाई के मा रिसर्च गर्ने भन्ने नै टाउको दुखाइ हुन्छ। जुन क्षेत्रमा आफ्नो बलियो पकड छ त्यसैलाई पकड्न सक्नुभयो भने Topic पत्ता लगाउन सजिलो हुन्छ।

यदि तपाईं माध्यमिक विद्यालयमा विज्ञान पढाउनु हुन्छ भने तपाईंको Topic माध्यमिक विद्यालयको विज्ञानसँग सम्बन्धित समस्यामा आधारित गराउन सके तनाव स्वाट्टै घट्न सक्छ। त्यसपछि कुन समस्या लिने भन्नेमा जानुस्। पाठ्यक्रम पाठ्यपुस्तक वा शिक्षण सिकाइ वा मूल्यांकन वा कक्षा व्यवस्थापन वा तपाइले महशुस गर्नु भएका अन्य कुनै समस्या/ त्यसपछि तपाईंको थेसिसले उक्त समस्यामा अनुसन्धान गरेर कस्ता कस्ता प्रश्नको उत्तर खोजेको हो विचार गर्नुहोस।

ती प्रश्न नै तपाईंको Research question हुन्। उदाहरणका लागि यदि तपाईं माध्यमिक तहको विज्ञान विषयमा किन विद्यार्थी बढी असफल हुन्छन् भन्ने पत्ता लगाउन चाहनुहुन्छ भने तपाइको एउटा Research question ” What are the reasons behind students’ failure in secondary school science subject ?” हुन सक्छ। यो quantitative research को नमूना भयो। Qualitative गर्नु हुन्छ भने त्यसैलाई अलि परिमार्जन गरेर विज्ञान विषयप्रति विद्यार्थीले आफ्नो धारणा कस्तो बनाएका रहेछन् त भनेर “How do students perceive the learning of science in secondary schools?” भनेर अगाडि बढ्न सक्नु हुन्छ।

How to write a topic of research ?

आज फेरि topic कै बारेमा कुरा गरौँ। हिजो हामीले topic छान्नेबारे केही भनेका थियौं। सकभर आफ्नो रुचि र लगाव भएको टपिक छान्दा राम्रो भनेर। अर्को एउटा उदाहरण लिउँ है। यदि तपाईं कम साक्षर वा कम शिक्षित मानिसका समूहका बारेमा किन उनीहरु अरुको तुलनामा कमजाेर भए भन्ने अनुसन्धानमा रुची राख्नुहुन्छ भने तपाईंको topic के होला ? एउटा यस्तो हुन सक्छ “Meaning of education to the marginalized group: An ethnography of Raute in Nepal” यो उदाहरण यहाँ किन ल्याइएको हो भने topic मा के के कुरा उल्लेख भए राम्रो होला भनेर हो।

जस्तो यो topic ले marginalized group को शिक्षामा एउटा ethnography गर्छु भन्छ र त्यसको location नेपाल देखाउँछ। अर्थात मूल बिषय (marginalized group को शिक्षा ) + अनुसन्धान बिधि (ethnography) + स्थान (नेपाल)। Topic मा यसरी नै ३ वटा कुरा प्रष्ट पार्न सके अगाडिको बाटोमा अल्झिरहनु पर्दैन। यसैमा अरु बिधि पनि लागू गर्न सकिन्छ। तपाईं case study पनि गर्न सक्नु हुन्छ। यो qualitative research title को नमुना हो।Quantitative गर्नुपर्दा topic मा Independent variable+dependent variable +method + location खुलाउँदा राम्रो। जस्तो “Factors influencing education of the marginalized group:A survey of Raute in Nepal”.

(Research question)

अघिल्लाे छलफलमा हामीले topic कसरी लेख्ने भन्नेबारे केही भन्यौं। बास्तवमा टपिक भनेकै तपाईंको Research Problem हो। हिजोको topic मा Ramesh Chaulagain र Kamal Gurung Smile ले quantitative research को लागि बनाउनु भएको research questions को लागि धेरै धेरै धन्यवाद। दुबैको प्रश्नमा अनुसन्धानको दम छ।
Qualitative research का लागि भने बेग्लै research question बनाउनु जरुरी हुन्छ। किनभने quantitative research ले बाहिर समाजमा जे छ, त्यो नै सत्य मानेको हुन्छ भने qualitative research ले मानिसका भावना, विचार, सोचाइ फरक फरक हुने हुनाले सत्य एउटै हुन सक्दैन र फरक मान्छेका लागि सत्य पनि फरक हुन्छ भन्ने विश्वास गर्छ।

वास्तवमा research question भनेको तपाईंले छान्नुभएको topic ले कस्तो उत्तरको अपेक्षा गर्छ र त्यसले अहिले भइरहेको ज्ञान मा के नयाँ कुरा थप्न चाहन्छ भन्ने संकेत हो। त्यसैले research question एकदम प्रष्ट, विशिष्ट, र समस्यासंग प्रत्यक्ष गाँसिएको हुनु जरुरी छ। त्यसैले हिजोको topic “Meaning of education to the marginalized group: An ethnography of Raute in Nepal” मै qualitative research को यस्तो research question हुन सक्छ/ तर यो भन्दा फरक हुनु हुँदैन भनेको चाहिं होइन है। यो एउटा Example मात्रै हो।

1. How do Raute people construct the meaning of “Education”?
2. How do they relate the meaning of “Education” to their cultural context?
3. What value of “Education” do they see in their daily life?

अब तपाईं पनि एउटा research problem विचार गर्नुस्, त्यसैमा एउटा topic बनाउनुस् र research question लेख्ने अभ्यास गर्नुस्। शंका लागे मलाइ लेखी पठाउनुस्। फेरि छलफल गर्न सकिन्छ।

Introduction Chapter

Lesson 3 मा हामीले research questions बारे छलफल गर्यौं। अब Introduction Chapter कसरी लेख्ने भन्नेमा छलफल गरौँ। यो Chapter ले खास गरी तपाईंको अनुसन्धान समस्यालाई परिचय दिने काम गर्दछ। पाठकले के थाहा पाउनु जरुरी हुन्छ भने तपाईंको अनुसन्धान को मुख्य एजेन्डा के हो (General Introduction), तपाईंले प्रयोग गर्नुभएका terminology ले के अर्थ राख्छ; topic ले भन्न खोजेको कुरा के हो; topic कोसँग सम्बन्धित छ। उनीहरुको अहिलेको अवस्था कस्तो छ; उनीहरुको अवस्थाबारे मुलत: कस्तो कुरा उठिरहेको छ; आदि = (Background); किन तपाईंलाई त्यही अनुसन्धान गर्नुपर्यो ? = (Rationale); त्यो अनुसन्धानले कस्तो knowledge को अपेक्षा गर्छ ? =(Purpose and Research Questions); तपाईंले छान्नुभएको टपिक र research questions त्यस क्षेत्रको कस्तो knowledge gap बाट तानिएका हुन् ? = (Statement of the Problem); तपाईंको अनुसन्धान ले उक्त टपिक अन्तर्गत कति मात्रै अध्ययन गर्न सक्छ ? = (Delimitation) / Chapter को अन्तमा एउटा Summary लेख्दा राम्रो हुन्छ, जसले तपाईंको Introduction Chapter मा मुख्य रुपमा छलफल भएका विषयवस्तु सारमा उल्लेख गर्छ।

तपाईंले Background ५०० शब्दको, Rationale ३०० शब्दको, Purpose २ वाक्यमा, Statement of the Problem २०० शब्दमा, Research Questions ३ वटा, र Delimitation २०० शब्दमा लेख्ने प्रयास गरे पुग्छ, धेरै लामो लेख्नु जरुरी छैन। तर एउटा कुरा के विचार गर्नु जरुरी छ भने Literature Review दोस्रो Chapter मा लेख्ने भएता पनि, Literature Review तपाइको पहिलो काम हुन्छ। Literature Review नगरी knowledge gap थाहा हुँदैन र यो थाहा नपाइकन न त topic नै छान्न सकिन्छ, न त Statement of the Problem र research questions नै बनाउन सकिन्छ।

Literature Review

गएको ४ वटा खण्डमा हामीले मोटामोटी रुपमा Introduction Chapter कसरी लेख्ने भन्ने बारे कुरा गर्यौं। अब Literature Review बारे केही कुरा गरौँ। खासगरी थेसिस लेख्नेहरुका लागि यो खण्ड एकदमै महत्वपूर्ण छ।Literature Review बाट प्राप्त गरेकै ज्ञानको आधारमा सम्पूर्ण थेसिसमा सकारात्मक बल प्राप्त हुन्छ। पुस्तक, जर्नल, थेसिस, शिलालेख, डायरी, नीतिगत दस्तावेज जस्ता लेखोट; मूर्ति, तस्बीर, धार्मिक र सांस्कृतिक महत्वका वस्तुहरु जस्ता artifacts; भिडिओ, अडियो, जस्ता मिडिया र तपाईंको अनुसन्धानसँग सम्बन्धित अन्य कुराहरु Literature Review का लागि सामग्री हुन सक्छन्। सबैभन्दा पहिले आफ्नो थेसिससँग सम्बन्धित सामग्री पहिल्याउनुपर्ने हुन्छ र त्यसलाई राम्रोसँग अध्ययन गर्नुपर्छ।

अध्ययन गर्दै जाँदा तपाईंको थेसिससँग मिल्ने कुराहरु वा तपाईंको थेसिसमा सहयोग पुग्ने कुराहरु नोट गर्नुपर्छ। नोट गर्दा दुइवटा कुरामा ध्यान दिनुहोस्। १. घत लाग्दा र साना साना वाक्यहरु हुबहु सारेर inverted coma भित्र राखी त्यो कुन स्रोतबाट झिकिएको हो पेज नम्बर सहित कोष्ठमा वा फुट नोटमा जनाउनुस्। २. धेरै लामा परिच्छेदहरु हुबहु सार्न मिल्दैन। त्यस्ता परिच्छेदहरु हुबहु सारेको पाइएमा त्यसलाई plagiarism अर्थात् बौद्धिक चोरी गरेको ठहरिन्छ र तपाईंको थेसिस अस्वीकृत गरिन्छ। त्यसैले त्यस्ता परिच्छेद आफैंले पढ्ने, अर्थ बुझ्ने अनि आफ्नै किसिमले लेख्ने गर्नुपर्दछ, जसलाई paraphrasing भनिन्छ। paraphrasing गर्दा पनि कोष्ठमा वा फुट नोट मा उक्त सामग्री कहाँबाट प्राप्त भएको हो वा कसले लेखेको हो भन्ने कुरा उल्लेख गर्नुपर्छ।

Literature Review continued…

अघिल्लो पाठमा हामीले Literature Review का बारेमा परिचय लिने काम गर्यौं। अब हामी Literature Review मा केके Review गर्ने भनेर छलफल गर्नेछौं। खासगरी Literature Review मा ४ किसिमका Literature खोजेर Review गर्ने गरिन्छ, ती हुन् :

१. Thematic Review: तपाईंको topic सँग मेल खाने कुनै पनि विषयवस्तु यसमा पर्दछन्। कुनै किताब, अनुसन्धानात्मक प्रकाशन, थेसिस, पिरियाडीकल्स जस्ता आफ्नो research problem र research questions संग मेल खाने (प्रत्यक्ष वा अप्रत्यक्ष) सामग्रीहरु तपाईंले Review गर्नुपर्ने हुन्छ।

२. Theoretical Review: खासगरी social science मा थेसिस लेख्नेहरुले कुनै न कुनै social theory को सहयोग लिने गर्छन्। यसो भनेको के हो भने तपाईं आफ्नो thesis कुन theory को आँखाबाट हेर्नु हुन्छ वा ब्याख्या गर्न चाहनुहुन्छ भन्ने हो। जसलाई तपाईंको theoretical perspective पनि भन्ने गरिन्छ। Theory नभई thesis बन्ने कुरै भएन किनभने थेसिस भनेकै भएका theory हरुमा नयाँ ज्ञान थप्नु हो वा नयाँ theory निर्माण गर्नु हो।

३. Empirical Review: यो भनेको तपाईंको thesis सँग मिल्ने खालको research यस अगि अरु कसैले गरेको हुन सक्छ। चाहे त्यो थेसिसको रुपमा होस् वा कुनै जर्नल आर्टिकलको रुपमा। त्यो नेपालकै हुनुपर्छ भन्ने जरुरी छैन। त्यस्ता previous research हरुले तपाईंले रोज्नुभएको अनुसन्धानको समस्याका बारेमा के भनेका रहेछन त् ? त्यो कुरा Literature Review मा अत्यन्तै आवस्यक ठानिन्छ।

४. Policy Review: कुनै पनि देशका आफ्ना नियम कानून हुन्छन्। तपाईंको थेसिससँग सम्बन्धित पक्षमा आफ्नो देश र अन्तर्राष्ट्रिय कानूनमा केही policy, rules and regulations तय गरिएका हुन्छन् नै। थेसिसले त्यस्ता नियम कानूनको बारेमा तपाईंको ध्यान आकृष्ट गर्ने गर्छ। तपाईंले आफू त्यसमा सुसूचित छु भन्ने प्रमाणको रूपमा त्यस्ता document हरु खोजी Review गर्नुपर्ने हुन्छ।

(शिक्षाविद् डा. मनप्रसाद वाग्लेको फेसबुकबाट)