डाक्टरको चरम यातनापछि छात्राले गरिन् आत्महत्या

4
लाेकपाटी न्यूज

काठमाडौं, १२ जेठ। मुम्बईमा रहेको बिवाइएल नायर अस्पतालमा एक छात्राले आत्महत्या गरेकी छिन्। २२ मेमा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छिन्।

मृतकको नाम पायल सलमान तडवी हो।  २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन्। उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन्। मिडिया रिपोर्टका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स ९एमएआरडी० का एक प्रतिनिधिले २२ मेमा पायलले तीन शल्यक्रिया गरेको बताए।

उनका अनुसार कुनै तनावमा नदेखिएकी पायल शल्यक्रिया पछि आफ्नो कोठामा गइन्। आफ्नो स्कार्फलाई पङ्खा बनाएर फाँसीमा चढिन्। पायलका परिवारका सदस्यले अस्पतालकै तीन सिनियर डाक्टरले उनलाई टर्चर गर्ने गरेको आरोप लगाए।पायल आदिवासी समुदायसँग थिए।

र उनले आरक्षण कोटाबाट भर्ना लिएकी थिइन्। पायलकी आमाको आरोप अनुसार वरिष्ठ डाक्टरले उनलाई जाती र आरक्षण कोटाबाट भर्ना लिएको विषयमा पटकपटक कमेन्ट गर्ने गर्थे। उनलाई आराम गर्न नदिई घण्टौं काम गराउने परिवारको आरोप छ। सिनियर डाक्टरले उनलाई अपरेशन थिएटरमा काम गर्न नदिने पनि आरोप छ।

पायलको परिवारले पुलिसलाई ह्वाट्सएप ग्रुपको च्याट पनि देखाएका छन् जसमा आरोपी डाक्टरले उनीमाथि जातीय टिप्पणी गरिरहेका छन्। पुलिसका अनुसार पायलले दुई महिनाअघि नायक अस्पतालको एचओडीलाई लिखित उजुरी पनि दिएकी थिइन्। तर पछि श्रीमानको आग्रहपछि उनले आफ्नो उजुरी फिर्ता लिइन्। पायलका श्रीमान् पनि मुम्बईका डाक्टर हुन्।

तीनै आरोपी डाक्टर अहिले फरार छन्। पुलिसले उनीहरुविरुद्ध आत्महत्याको लागि उक्साएको, एन्टी र्‍यागिङ एक्टलगायत अन्य मामलामा मुद्दा दर्ता गर्दै उनीहरुको खोजी गरिरहेको छ। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्