मालपोत कार्यालयमा टाइम बम

Dhangadhi malpot
लाेकपाटी न्यूज

धनगढी, १४ जेठ। कैलालीको धनगढीस्थित जिल्ला मालपोत कार्यालय परिसरमा टाइम बम फेला परेको छ। कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले निस्कृय पारेको छ।

आज बिहान करिब ७ बजे भेटिएको बम साढे २ घण्टा लगाएर कैलालीको बेराडाडीबाट गएको नेपाली सेनाको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कालो झोलाभित्र राखिएको बम भेटिएपछि सेनाको टोलीले निस्कृय पारेको वडा प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्