वडा कार्यालयको भवन उद्घाटन

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १४ जेठ । पाल्हीनन्दन गाउँपालिका वडा नं. १ वडा कार्यालयको भवन उद्घाटन गरिएको छ । एक समारोहकाबीच गाउँपालिका अध्यक्ष दीपक गुप्ताले वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

सो अवसरमा अध्यक्ष गुप्ताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै वडा तहबाटै नागरिकलाई सहज सेवा दिन गाउँपालिका लागिरहेको बताए। सुविधा सम्पन्न भवनसँगै अब सेवाग्राहीलाई सहज सेवा दिन पनि उनले निर्देशन दिए।

गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को रु ३५ लाख लागतमा दुई तले वडा कार्यालय भवन निर्माण गरिएको प्रमूख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताए। वडा नं. १ का वडाअध्यक्ष लल्लन यादवले वडा कार्यालयबाट हुने सेवा प्रवाह अब थप प्रभावकारी हुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्