जेलभित्र राजपा नेता रेसम चौधरी अस्वस्थ

resham-chaudhary01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ जेठ। राजपाका नेता रेशम चौधरी अस्वस्थ भएका छन्। कारगारभित्र रहेका चौधरी राजपा नेपालका नेता रेशम चौधरी अस्वस्थ भएका हुन्।

डिल्लीबजार सदरखोरमा रहेका चौधरीको छातीमा इन्फेक्सन भएको र केही दिनदेखि अस्वस्थ रहेको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले बताए। संयोजक झा आजै चौधरीको अवस्था बुझ्न सदरखोर गएका थिए। चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराउँदा विभागले उचित उपचार गराउने गराउने प्रतिबद्धता जनाएको छ।

यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन्। उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए।

यसैबीच, रेशम चौधरीकी श्रीमती रन्जिता ‘श्रेष्ठ’ चौधरीले उनलाई अस्पताल भर्ना गरेर राख्नुपर्ने माग गरेकी छिन्। कैलालीको टीकापुर घटनामा मुख्य दोषी रहेको भन्दै जिल्ला अदालत कैलालीले जन्मकैद फैसला सुनाएपछि चौधरीले जेल सजाय भुक्तान गरिरहेका हुन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एकबालक सहित आठजनाको मृत्यु भएको थियो।

प्रतिनिधिसभाको निर्वाचनमा कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाए पनि स्वतः निलम्बनमा परेका थिए। न्यायिक हिरासतमा हुँदै चौधरीले सांसद पदको शपथ लिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्