समकक्षी नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री भारत जाँदै

kp oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गर्ने भएका छन्। बिहीबार प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।

हालै सम्पन्न निर्वाचनबाट मोदी दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा बोलाएका छन्। मोदी पहिलोपटक भारतको प्रधानमन्त्री हुँदा भने सार्क सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा निमन्त्रणा गरेका थिए।

प्रधानमन्त्री ओली नेतृत्वको १० सदस्यीय नेपाली टोली दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको जहाजमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने छ। उनी आज हुने भारतीय प्रधानमन्त्री मोदीको सपथ कार्यक्रममा सहभागी हुनेछन्। मोदीको सपथ कार्यक्रम आज साँझ सात बजे हुँदैछ।

त्यस्तै, शुक्रबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्