सगरमाथाबाट कान्छीमायाको आह्वान : मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गराैं

kanchimaya-tamang
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ जेठ । मानव बेचबिखन र लैंङ्गिक हिंसा अन्त्यको अभियानमा विगत १२ बर्षदेखि कार्य गर्दै आएको संस्था आफन्त नेपाल (के.आई.एन) को ब्यानर सगरमाथामा फर्फराएको छ । संस्थाले नेपाल–भारत सीमानाका साथै भारतबाट सयौैं चेलीहरुको उद्धार गरी स्वदेश फिर्ता गर्दै आएको छ।

आफन्त नेपालले गरेको यो कार्यको सराहाना गर्दै तेस्रो पटक सगरमाथा आरोहणमा रहेकी कान्छीमाया तामाङले आफन्त नेपालको ब्यानरलाई मे २२ का दिन बिहान ८ बजे संसारको सर्वोच्च शिखरमा फहराएकी छन्। तेस्रो पटक सर्वोच्च शिखरमा पाइला टेकेकी तामाङले उक्त झण्डा फहराएकी हुन् ।

लैंगिक समानता र छात्रा शिक्षा मार्फत महिला सशक्तीकरणको अभियानमा लागेकी आरोही तामाङका अनुसार आफन्त नेपालले गरेको मानव बेचबिखन विरुद्धको लडाईंलाई सगरमाथा जस्तै अधिक र अटल बनाई राख्न संस्थाको लडाईंमा विश्व नै एक हुनुपर्ने संदेश सगरमाथाले दिएको छ।

करीब १ महिना पहिले सागरमाथा आरोहणमा जाँदै गर्दा आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले सफल आरोहणको लागि सुभकामना दिँदै ब्यानर हस्तान्तरण गरेका थिए।

यसरी मानव बेचबिखन विरुद्धको लडार्इंमा सबैको साथ र सहयोग रहेमा आफन्त नेपालले अगाडि बढाएको यो अभियान सफल हुने कान्छीमाया तामाङले बताएकी छन् । तामाङले तेस्रोपटक के.आई एनको झण्डा सगरमाथामा फर्फराउँदा मानव बेचबिखन विरुद्ध लागिरहेका अभियान्ताहरुले गर्व महसुस गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्