रङ्गशालाकाे बार भत्काउनेलाई तीन वर्ष जेल !

prakash-kandel
लाेकपाटी न्यूज

चितवन, १७ जेठ। गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा लगाएको बार डोजर लगाएर भत्काएको अभियोगमा घटनाका प्रमुख योजनाकार प्रकाश कंडेलसहित तीन जना बिरुद्ध अपराधिक उपद्र सम्वन्धि मुद्धा दायर भएको छ।

उनीहरुलाई जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए। यस ऐनको धारा २८५ अनुसार अभियोग प्रमाणीत भएमा अभियुक्तलाई तीन वर्षको जेल, ३० हजार जरिवाना र क्षतिपूर्ती भराउने सजाय हुनेछ।
घटनामा संलग्न भएको अभियोगमा अन्य १५ जनालाई अभद्र ब्यबहार सम्वन्धि मुद्धा दायर भएको छ।

उनीहरुलाई जिल्ला प्रशासनमा मुद्धा दर्ता गरिएको प्रहरी उपरिक्षक मल्लले जानकारी दिए। रङ्गशालामा डोजर लगाएको घटनाको सर्वत्र विरोध भएको छ। सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, स्थानीय तह सबैले घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गर्दैआएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्