लागूऔषधसहित २ जना प्रहरी नियन्त्रणमा

Arrest pic
लाेकपाटी न्यूज
0 Shares

पश्चिम नवलपरासी, ५ असार । पश्चिम नवलपरासीमा लागूऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर ३ का लक्षु लोहार र रामग्राम नगरपालिकाकै वडा नम्बर ८ का राकेश कुमार भन्ने वुद्ध देव दत्तलाई लागूऔषधसहित प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

भारतीय सिमावर्ति बाट पौदाल आउदै गरेका उनिहरुलाई रोकि चेकजाँच गर्दा राकेश कुमार भन्ने वुद्ध देव दत्तको व्यागभित्र तिन वटा प्लाष्टिकमा लुकाई राखेको अवस्थामा DIAZEPAM , PHENERGAN  BUPRENORPHINE  २/२ एम.एल को एक/एक सय  एम्पुल गरी जम्मा तीन सय एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा दुवै जनाको संलग्नता रहेको र उनिहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्