किन दिए किम जोङ उनले ५ वरिष्ठ अधिकारीलाई मृत्युदण्ड ?

kim jon NORTH KOREA
लाेकपाटी न्यूज

काठमाडौं, १८ जेठ। गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उत्तरकोरियाका नेता किम जोङ उनले आफ्ना ५ उच्च अधिकारीलाई मृत्युदण्डको सजाय दिएका छन्।

ट्रम्प र किमबीच गत फेब्रुअरीमा भियतनामको हनोइमा वार्ता भएको थियो। उक्त भेटवार्तामा केही सम्झौता हुन सकेको थिएन। दुई नेताबीच भएको सो भेटवार्ता असफल भएको मानिन्छ।  दक्षिण कोरियाको एक अखबार चोसन इल्बो ले एक समाचार प्रकाशित गरी सो कुराको पुष्टि गरेको छ। रिपोर्टअनुसार ती अफिसरहरुलाई फायरिङ स्कावयडले गोली ठोकेर मृत्युदण्ड दिएका थिए।

त्यसमा उत्तरकोरियाका अमेरिकास्थित विशेष प्रतिनिधि पनि परेका छन्। रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठक तय गर्ने जिम्मेवारी लिएका विशेष प्रतिनिधि किम होक चोलमाथि धोखा दिएको आरोप लगाइएको थियो। भियतनाममा भएको दुई नेता बीचको बैठकमा होक साथमै थिए।

उनी लगायतका विदेश मन्न्त्रालयका चार अधिकारीलाई उत्तरकोरियाको एउटा एयरपोर्टमा गोली ठोकेर मृत्युदण्ड दिइएको समाचारमा उल्लेख छ। सो पत्रिकाले मारिएका अन्य अधिकारीहरुको नाम भने सार्वजनिक गरेको छैन। किमले यसअघि राजीतिक गुरुकै रुपमा रहेका जाङ थायक लगायतहरुमाथि पनि भ्रष्टाचार र देशद्रोह लगायतका मुद्धामा गोली ठोकर मृत्युदण्ड दिएका थिए।

कोरियाली प्रायद्धीपको एकीकरणका लागि काम गरिरहेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन। पत्रिकामा लेखिएको छः किमले आफ्ना भाषा ट्रान्सलेट गर्दै आएका शिन हो योंगलाई समेत गल्ती गरेको भन्दै जेल पठाएका छन्। उनले ट्रम्प र किमबीचको भेटवार्ताका बेला लेखिएको प्रस्ताव पत्रको भाषा ट्रान्सलेट गरेका थिए। त्यसमा समेत गम्भीर गल्ती भएको भन्दै उनलाई जेल सजाय सुनाइएको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्