राष्ट्रिय परिचयपत्रका लागि प्रक्रिया शुरू

national-card
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ जेठ। राष्ट्रिय परिचयपत्र वितरणका लागि रसुवामा प्रक्रिया शुरु गरिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजित एक अन्तक्र्रियामा सो कुराको जानकारी दिइएको हो।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सो परिचयपत्रको विवरण अद्यावधिकका लागि जिल्लाको १० स्थानमा केन्द्र राखिने जानकारी दिए।एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्न नागरिकका वैयक्तिक विवरण सङ्कलन र भण्डारण र गरी नम्बरसहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गरिने सो अवसरमा बताइएको थियो।

जिल्लाको भौगोलिक विकटता र बस्ती छरिएका कारण विवरण सङ्कलन केन्द्र थप गर्नुपर्ने सहभागीले माग गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्