यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। भूमिबाट लाभ रहला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहकर्मीबाट विरोध आउला। गरेको कार्यमा अवरोध आउला। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ। सन्तानपक्षको मायामा कमी आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक कार्य अघी बढ्नेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ। उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पार्टी तथा सेमिनारमा सहभागी भईएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। विद्या र बुद्धिको विकास हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काम सुरु गर्ने समय छ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला। साथीभाइबाट बढी फाइदा लिने समय छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दबाब र तनाव बढेको महसुस हुनेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। गरेका काममा ढिलासुस्ती हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ व्यक्ति संग भेटघाट हुनेछ। रोकिएको धन हात पर्ला। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त र साथी भाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। सन्तान सुखपनि मिल्नेछ। रमाइलो यात्रा रहला। आकस्मिक धन लाभ हुनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। समाजसेवामा मन लाग्नेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ। मनमा दुविधा उत्पन्न हुनेछ। चोटपटकको भयछ सचेत रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रचनात्मक काममा जुट्ने समय छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। प्रेम सम्बन्ध कसिलो होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका काम पुनः सुरु हुन सक्छन्। श्रमको उचित मुल्याङ्कन हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्