‘कांग्रेसले २६ उद्योग बेच्याे, अहिले ठूला कुरा गर्छ’

yubraj sangroula
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ । पूर्वमहान्यायधिवक्ता डा. युवराज संग्रौला अन्तर्राष्ट्रिय कानूनका ज्ञाता हुन् । राष्ट्रियताका पक्षमा प्रष्ट विचारहरु अभिव्यक्त गर्ने  संग्रौलाले यो देश बिगार्ने गणितको अङ्क खेलाउने अर्थशास्त्री भएको बताएका छन् ।

उनले विकास पैसा नभई अनुभूति भएको र मानिस निराशाबाट मुक्त भए मात्र विकास हुने बताएका छन् । विकास हुन मानिसको उत्पादकत्व र क्षमता विकास हुनुपर्ने उनले बताएका छन् ।

उनले क्यानडा नेपालका लागि दिएकाे एक अन्तर्वार्तामा बजेटले नेपालीको उत्पादकत्व बढाउने, सिर्जनात्मकलाई स्थापित गर्नुपर्ने , बौद्धिकतालाई निर्माण गर्नुपर्ने र सङ्घर्ष गर्ने क्षमतालाइ विकास गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रि केपी शर्मा ओली , झलनाथ खनाल , प्रचण्ड लगायतका ठूला नेताले कुनै पनि हालतमा बजेट ल्याउन सक्छन् भन्ने विश्वासले जनताले जुन ठाउँबाट उठे पनि जिताउने गरेको बताए ।

उनले आर्थिक गतिबविधिलाई सरकारले प्रथमिकता दिनुपर्ने , हरेक परिवारलाई तरकारी उत्पादन गर्न लगाइ स्वावलम्बन बन्न प्रेरित गर्नुपर्ने बताउँदै आफू अर्थमन्त्रि बनेको भए यसो गर्ने बताए । तर आफूलाई मन्त्रिको चाहाना नभएको बताउँदै उनले मन्त्रि बन्नु भन्दा बरु किसान बन्ने विचार व्यक्त गरे ।

संग्रौलासँगको कुराकानीको पूरा भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्