पोर्चुगलमा सडक दुर्घटनामा रिजालको मृत्यु

Accidents
लाेकपाटी न्यूज

काठमाडौं, २१ जेठ । युरोपेली देश पोर्चुगल गएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं. ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी मृत्यु भएको छ।

पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति मृत्यु भएको हो। मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ।

शर्मा एक वर्ष अगाडि पोर्चुगल गएको लिस्बनमा रहेका उनका दाजु अमृतले जानकारी दिए। उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ। “दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताए।

नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ। सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्