सकियो बालुवाटार छलफल : ओली र प्रचण्डबीच ७७ वटै जिल्ला इन्चार्जमा सहमति

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ जेठ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ७७ जिल्ला इन्चार्जमा सहमति जुटेको छ।

मंगलबार बालुवाटारमा भएको छलफलमा जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंग्याउने सहमति भएको हो। मंगलबार बस्ने सचिवालय बैठकले यो विषयलाई अनुमोदन गर्ने जनाइएको छ भने अन्य शीर्ष नेताको कार्यविभाजन बारे पनि छलफल हुनेछ। सचिवालय बैठकमा माधव नेपालको सहमति लिएर मात्र यो विषय टुंग्याउने तयारी गरिएको छ।

ओली र प्रचण्डसँगको छलफलमा पूर्वएमालेबाट महासचिव विष्णु पौडेल र पूर्वमाओवादीबाट गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल सहभागी थिए।  मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बस्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्