काठमाडौं, २१ जेठ । देशनरेश अधिकारी र दीपा पुरीको स्वर रहेको ‘फेसबुकले रुवायो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो।
देशनरेश अधिकारीको शब्द तथा संगीत रहेको उक्त भिडियोको निर्देशन पनि स्वयम् अधिकारीकै रहेको छ। नरेक आयरको छायाङ्कन रहेको सो म्युजिक भिडियोमा सञ्जु चौधरीको कोरीयोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ।
सामाजिक सञ्जाल फेसबुकलाई विषयवस्तु बनाइएको सो भिडियोमा करिष्मा ढकाल, ईश्वर फुयाँल र शैलेस पहारीको दमदार अभिनय देख्न सकिन्छ। भिडियोको पोस्ट प्रोडक्सन भने जनता डिजिटल फिल्मले गरको छ।