प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

pm_rogjar pgm
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने भएको छ। देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट आगामी जेठ २४ बाट प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब रु. दुई करोड ४६ लाखभन्दा बढी रकम रहेकोमा चाँगुनारायण नगरपालिकाका लागि रु ४४ लाख, भक्तपुर नगरपालिकाका लागि रु ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि रु ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाका लागि रु ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित भएको सांसद महेश बस्नेतले जानकारी दिए।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४००, चाँगुनारायण नगरपालिकाबाट ९१० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् ।

सूर्यविनायक नगरपालिकाका प्रमूख वासुदेव थापाको संयोजकत्वमा सहसंयोजक चाँगुनारायण नगरपालिकाका उपप्रमूख बिना बाँस्तोला, सूर्यविनायक नगरपालिकाबाट सात वडाध्यक्ष, चाँगुनारायण नपाबाट चार वडाध्यक्ष र मध्यपुर थिमि नपाबाट दुई जना रहने गरी भव्य रुपमा कार्यक्रम गर्ने गरी समिति गठन गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्