यस्तो छ तीनदिनको मौसम पूर्वानुमान

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, २२ जेठ । देशभर पछिल्लो केही दिन यता गर्मी बढेपनि देशभरको मौसममा बदली भईरहेको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार पनि देशभर बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर प्रदेश, पश्चिम बंगाल र विहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित वर्षा हुने सम्भावना रहेको हो।

पश्चिमको तुलनामा मध्य र पूर्वको धेरै ठाउँमा पानी पर्नेछ।अहिले प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित वर्षा हुनेछ। गर्मी बढेकै भए पनि वर्षाको कारण तापक्रम केही घटेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्