आर्किटेक्चर विभागका विद्यार्थीद्वारा वृक्षरोपण कार्यक्रम

लाेकपाटी न्यूज

काठमाडाैं, २२ जेठ । १३ औं राष्ट्रिय आशा आर्किटेक्चर प्रदर्शनीको पुर्व सन्ध्या र विश्व वातावरण दिवसको अवसर पारेर पुल्चोक क्याम्पस्, आर्किटेक्चर विभागका विद्यार्थीले आज वृक्षरोपण कार्यक्रम गरेका छन्।

ललितपुरको धापाखेलमा करिव १५० जनाको सहभागितामा गरिएको उक्त कार्यक्रम प्रदर्शनीका कोअर्डिनेटर अशेष कुमार पौडेलको सभापतित्वमा भएको थियो।

नेपाली चलचित्र जगतमा नाम कमाएकी र इन्जिनियर समेत रहेकी नायिका सुरक्षा पन्तकाे प्रमूख अतिथ्यतामा साे कार्यक्रम भएकाे हाे। प्रमूख अतिथिका रुपमा बाेल्दै नायिका पन्तले युवाहरूको काम पढ्नु र आफ्नो मात्र विकास नगरि समाज र वातावरणप्रति जिम्मेवार हुनु पनि रहेको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्