ज्ञानेन्द्र शाहीको रिहाईका लागि अस्पतालमै नाराबाजी

gyanendra-shahi
लाेकपाटी न्यूज

काठमाडौं, २३ जेठ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको रिहाईको माग गर्दै उनका समर्थकहरुले राष्ट्रिय ट्रमा सेन्टरमा नाराबाजी गरेका छन् ।

भ्रष्टाचार विरुद्धको कार्यक्रममा सुर्खेतका पत्रकारलाई गाली गर्दै गरेको एक भिडियो सार्वजनिक गरेपछि उनलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकारलाई अश्लील शब्दमा गाली गरेको अभियोगमा पक्राउ परेका उनलाई प्रहरीले हिरासतमा यातनासँगै कुटपीट गरेपछि अहिले उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनका समर्थकहरुले शाहीको रिहाई माग गर्दै अस्पताल क्षेत्रमा दैनिक नाराबाजी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्