एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाकाे लगातार दोस्रो जीत

Australia
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ जेठ। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले दोस्रो जीत हात पारेको छ। ट्रेन्ट ब्रिजमा बिहीबार राति भएको खेलमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई १५ रनले हराउँदै उत्त जीत हात पारेको हो।

उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको वेस्टइण्डिजले निर्धारित ५० ओभमा ९ विकेटको क्षतिमा २ सय ७३ रन मात्र बनाउन सकेको थियो। वेस्ट इण्डिजका विकेटकिपर ब्याट्सम्यान साई होपले सर्वाधिक ६८ रन बनाए। कप्तान जोसन होल्डरले ५१, निकोलस पुरनले ४०, क्रिस गेल र सिम्रन हेटमायरले समान २१, आस्ले नर्सले १९, कार्लोस ब्रेथवेटले १६ र आन्द्रे रसेलले १५ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले पाँच विकेट लिए । यप्याट कुमिन्सले दुई तथा एडम जाम्पाले एक विकेट झारेका थिए। ३८ रनमा चार विकेट गुमाएर दबाबमा देखिएको अस्ट्रेलियाको पालीलाई स्टेभन स्मिथ, नाथन कल्टर नाइल र एलेक्स केरीले सम्हालेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सवै विकेटको क्षतिमा २८८ रन बनाएको थियो। प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर तीन, कप्तान आरोन फिन्च ६, उस्मान ख्वाजा १३ र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भएपछि अस्ट्रेलिया केही धरमराएको थियो । तर स्मिथ, कल्टर नाइल र केरीले अस्ट्रेलियन पालीलाई सानदार रुपमा अगाडि बढाए। कल्टर नाइलले ९२ रन बनाए। स्मिथले ७३ र केरीले ४५ रन बनाएका थिए।

वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले तीन विकेट लिए। ओसाने थोमस, सेल्डन कोट्रेल र आन्द्रे रसेलले दुई÷दुई तथा कप्तान जासन होल्डरले एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्