स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले अब स्वयं सेवक शिक्षककाे रूपमा काम गर्नु पर्ने

Teachers
लाेकपाटी न्यूज

विराटनगर, २५ जेठ। अब स्नातकोत्तर तहको अध्ययन गर्ने विद्यार्थीलाई स्वयं सेवक शिक्षकका रूपमा खटाइने भएकाे छ। प्रदेश १ सरकारले स्नातकोत्तर तहको अध्ययन गर्ने विद्यार्थीलाई पहाडी तथा हिमाली क्षेत्रका विद्यालयमा स्वयं सेवक शिक्षकका रूपमा खटाउने भएको हाे।

आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रममा संघीय सरकारको ‘चिनौं आफ्नै माटो बनाउँ आफ्नै देश’ अभियानसँग मिल्दो–जुल्दो गरी प्रदेश सरकारले पनि विद्यालयमा स्वयंसेवक परिचालन गर्ने कार्यक्रम घोषणा गरेको हो। उक्त अभियान सञ्चालन गरी प्राविधिक विषयमा स्नताकोत्तर तथा स्नातक युवालाई शिक्षक विद्यार्थी अनुपात धेरै भएका विद्यालयमा परिचालन गर्ने संघीय सरकारले बजेट मार्फत घोषणा गरिसकेको छ।

गणित, अंग्रेजी र विज्ञान शिक्षक नपुग विद्यालयमा स्वेच्छिक रूपमा शिक्षण स्वयंसेवक रूपमा परिचालन गर्न र उक्त विषयहरूमा नपुग शिक्षकका लागि शिक्षण सिकाइ अनुदान समेत गरी एक अर्व ५० करोड विनियोजन बजेटमा गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्