मुलपानी सामुदायिक वनको काम शंकास्पद भन्दै स्थानिय आक्रोशित

Jungle
लाेकपाटी न्यूज
0 Shares

रमेश भुसाल/नवलपरासी, २५ जेठ। पश्चिम नवलपरासीको सुनवल ४ स्थीत मुलपानी सामुदायिक वन उपभोक्ता समुहको सम्पुर्ण काम बन्द भएको छ। स्थानिय उपभोत्ताहरुले आफुले दिएको उजुरीको वेवास्ता गरेको, कटान स्थलमै नगइ प्रतिवेदन तयार गरी बिक्रि आदेश दिएको भन्दै व्यापक विरोधपछि जिल्ला डिभिजन वन कार्यालयका प्रमुख अञ्जित कर्णले कटान स्थलको निरिक्षण गरे।

रुख कटान स्थलको निरिक्षण पश्चात जिल्ला डिभिजन वन कार्यलयका प्रमुख अञ्जित कर्णले समितिको काम गराइ ठिक नलागेको र रुखको कटान गर्दा इजालस नलिई काटिएको, प्रक्रिया नपु¥याएकोले शंकास्पद रहेको र पुनः छानविन गरी दोषिलाई कारवाहि गर्नेे भन्दै तत्काललाई सामुदायिक वनको सम्पुर्ण काम बन्द हुने बताए। उनले विक्रि वितरण देखि बैंक खातासमेत बन्दे हुने बताए।

स्थानीय उपभोत्ताले गत वैशाख ११ गते मूलपानी सामुदायिक वन उपभोक्ता समूह अन्र्तगत सुनवल–४ मा उपभोक्ता समूहका कर्मचारीले डिभिजन वन कार्यालयबाट कटान आदेश नै नलिई रु. ३५ लाख बराबरको काठ कानून विपरित काटिएको विषयमा उजुरी दिएपछि डिभिजन वन कार्यालयले सहायक वन अधिकृत मोसाफिर भगतको संयोजकत्वमा छानविन समिति बनाएको थियो।

तर, छानविन समितिका संयोजक भगतले नियम अनुसार नै रुख कटान गरिएकोले विक्री आदेश दिन सकिने भनी प्रतिवेदन बुझाएका थिए। उक्त प्रतिवेदनको आधारमा डिभिजन वन कार्यालयले यहि विहिबार विक्री आदेश गरेपछि स्थानीय उपभोक्रा आक्रोसित भएका हुन।

उता सामुदायिक वन उपभाेक्ताले विधान र नीतिअनुसार काम गरेको र छानविन समितिको प्रतिवेदनको अधारमा काम अगाडि बढाउने सन्दर्भमा पुनः असन्तुष्ट पक्षले गरेको अवरोधका कारण अब नियमित रुपमा वनको सम्पुर्ण काम रोकिएकोले आम उपभोत्ताको राय सल्लाहाबाट निकास खोज्ने मुलपानी सामुदायिक बन उपभोक्ता समुहका सचिव यज्ञ पाण्डेको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्