फेसियल हाउसको आयोजनामा हेयर सेमिनार

hair seminar
लाेकपाटी न्यूज

काठमाडौं, २६ जेठ । फेसियल हाउसले एक दिने हेयर सेमिनारको आयोजना गरेको छ । शनिबार सिटीसी मलमा आयोजित उक्त सेमिनारमा करिब ५० जना ब्यूटीसियन एवम् हेयर डिजाईनरहरुले सहभागिता जनाएका थिए ।

सो अवसरमा मायाज ब्यूटी पार्लरकी प्रबन्ध संचालक समेत रहेकी ख्यातिप्राप्त ब्यूटीसियन तथा हेयर डिज़ाइनर गीता गिरीले हेयर स्टाईल मास्टर क्लास सम्बन्धि बिशेष कक्षा संचालन गरेकी थिईन् । सेमिनारमा संचालित हेयर स्टाईल मास्टर क्लास अन्तर्गत ७ विधा समेटिएको थियो ।

जसमा फ्लावर, मेसी लङ हेयर, हेभी ब्राईडल, क्रेजी, क्रिम्पिङ, स्टिक र क्रिम्पिङ स्टाईल रहेका थिए । सेमिनारको अन्त्यमा सहभागीहरुलाई सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धि एडभान्स सिप उपलब्ध गराउने उदेश्यका साथ सेमिनारको आयोजना गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्