कर्मचारीकै मिलेमतोमा बेचियाे महानगरकाे २१ कित्ता जग्गा

Birjung mahanagar
लाेकपाटी न्यूज

वीरगञ्ज, २७ जेठ। वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको २१ कित्ता जग्गा  गायब भएकाे छ।महानगरकाे बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको हाे। नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको छ।

उक्त जग्गाको लगत आथिएक वर्ष २०६७/६८ सम्म तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको स्वामित्वमा थियो। त्यसपछि जग्गा व्यक्तिको नाममा पुगेको छ तर सो सम्बन्धी लगत कार्यालयको रेकर्डमा छैन।

निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि नगर कार्यपालिकाले महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा खोज्न सुरु गरेको छ। खोजीकै क्रममा २१ कित्ता जग्गा व्यक्तिको नाममा रहेको खुलेको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्