प्रतिपक्षी कांग्रेसको विरोध : संसद बैठक स्थगित

लाेकपाटी न्यूज

काठमाडौं, २७ जेठ । कांग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक लागि स्थगित भएको छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षका सांसदले विरोध जनाएका थिए।

उनीहरुले दमनबारे सरकारको जवाफ माग्दै विरोध जारी राखेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसअघि सत्तापक्षकी सांसद पम्फा भुसालले बोल्दै गर्दा प्रतिपक्षी सांसदहरु उठेर विरोध जनाएका थिए । बैठकको शुरुमा नै कांग्रेस प्रमूख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए।

सभामुखले नेकपाकी सांसद भुसाललाई बोल्न समय दिएपनि काँग्रेस सांसदहरु उभिएर विरोध गरेपछि बैठक स्थगित भएको घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्