मण्डला घटनाको नैतिक जिम्मेवारी सरकारले लिन्छ : गृहमन्त्री थापा

Ram Bahadur thapa Badal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २८ जेठ। गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको घटनाकाे नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताए।

गुठी विधेयकको विरोधमा आइतबार भएको प्रदर्शनमा प्रहरीले पानीको फोहरा हान्नुका साथै धरपकड गरेको थियो।त्यसक्रममा केही घाइते भएका छन् । प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको गृहमन्त्रीले बताए। ‘शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं।’

गृहमन्त्रीको जवाफपछि कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँडले चौरमा बसेकातथा पक्राउ गरिसकेपछि पनि प्रहरीले लात्तैलात्ताले हानेको भन्दै नैतिक जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्न गरे। सत्तारुढ समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा किन हानेको भन्ने प्रश्न गरे।

जवाफ दिने क्रममा गृहमन्त्री बादलले घटनाको नैतिक जिम्मेवारी लिने बताएका छन्। उनले भने, ‘सरकारले नैतिक जिम्मेवारी लिन्छ। जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुनुपुर्छ। महानरीय प्रहरीले छानविन पनि गरिरहेको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्