मानसिक अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

yukren fire
लाेकपाटी न्यूज

काठमाडाैं, २८ जेठ । मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । आगलागी युक्रेनको ओडेसा शहरमा स्थित एक अस्पतालमा भएकाे हाे ।

एक तले उक्त अस्पतालकाे भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन ।

यस आगलागीमा परी छ जनाको मृत्यु हुनका साथै घाइते भएका अन्य चार जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यस आगलागीमा नौ जनाले भने भागेर ज्यान बचाएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यो अति नै दुःखान्त घटना भएको बताउँदै प्रधानमन्त्री भोलोदिमर ग्रोएस्म्यानलाई यस घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । युक्रेनमा आगलागीका घटना बारम्बार हुने गरेका छन् । –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्