ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने सुमो चालक पक्राउ

arrested
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ। महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना सवारी चालक पक्राउ परेका छन्। प्रभाग प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिने टाटा सुमो चालक बुधबार बिहान पक्राउ परेका हुन्।

अव्यवस्थित ठाउँमा लापरबाही तरिकाले गाडी पार्किङ गरेका उदयपुर स्थायी घर भएका ३९ वर्षीय से.१ ज ४८४ नम्बरको टाटा सुमो चालक आशाराम चौधरीले ट्राफिक प्रहरीले कागजपत्र माग्दा प्रभाग प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई ५ सय घुस दिएका थिए।

एक हप्ता अगाडि मात्रै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख बनेर आएका इन्सपेक्टर सुरेश कुमार ठाकुरले घुस दिन खोजेपछि चालक चौधरीलाई नियन्त्रणमा लिएर सिभिल प्रहरीलाई बुझाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्