स्वर्गद्धारीलाई चलाए सरकार सकिन्छ : गगन थापा

Gagan Thapa
लाेकपाटी न्यूज

प्युठान, २९ जेठ। नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले स्वर्गद्धारीलाई चलाउन खोजेमा सरकार सकिने चेतावनी दिएका छन्। उनले प्युठानमा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले गुठीहरुको सम्पत्ति कब्जा गर्ने नियतले गुठी सम्वन्धी ऐन बनाउन लागेको आरोप लगाए।

बालुवाटारको सार्वजनिक आफ्नो नाममा बनाउने नेतालाई कारवाही नगरेको सरकारले सांस्कृतिक धरोहरहरुको सम्पत्तितर्फ आँखा लगाएको उनको टिप्पणी छ। सरकार जताततै कब्जाको सोचमा रहेकाले सरकारका हरेक गलत क्रियाकलापको विरुद्धमा खबरदारी गर्न पनि उनले सबैलाई आह्वान गरे।

ऐतिहासिक पुरातात्वीक क्षेत्र, संचार क्षेत्र, मानवअधिकार, सेनालगायतका धेरै क्षेत्रमा नियन्त्रण गर्ने नियतले सरकारले गलत कानुनहरु बनाउन लागि परेको नेता थापाको भनाई छ। गुठी सम्वन्धी नयाँ विधेयक पारित भएमा स्वर्गद्धारी जस्ता हजारौं संस्कृति सम्पदाहरु तहसनहस हुने उनले बताए।