पोखरामा गोली चल्दा एक जना घाइते

Goli
लाेकपाटी न्यूज

पोखरा, २९ जेठ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले पोखराकोे उत्तमचोकमा गोली चलाएको छ।

लागू औषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए। प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन्। खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

लागूऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ। थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्