हङकङमा विरोध प्रदर्शन चर्कियो

1
लाेकपाटी न्यूज
0 Shares

हङकङ, २९ जेठ । हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा भइरहेको प्रदर्शन चर्किदैं गएको छ।
बुधबार प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन्। उनीहरुले प्रशासनिक कार्यालय घेराउ गरेका छन्।

यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ। प्रदर्शनकारीहरुले उक्त विधेयकको विरोध गरेका छन्। ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरु संसद भवन अगाडि धर्नामा छन्। सरकारले वाक स्वतन्त्रता तथा विरोध प्रदर्शनको अधिकार कुण्ठित हुने गरी प्रस्तावित विधेयक प्रयोग नहुने प्रष्ट पारेको छ।

तर विरोधीहरु उक्त कानून दुरुपयोग हुने सक्ने बताउँछन्। उनीहरुले चिनियाँ स्वार्थअनुसार कानून बनाउन लागेको भन्दै विरोध गरेका छन्। सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावमा चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारमा आरोप लागेकालाई सुपुर्दगीका लागि आग्रह गर्ने व्यवस्था छ।

यद्यपी उनीहरुलाई सुपुर्दगी गर्नेरनगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने प्रस्तावित कानुनमा उल्लेख छ।
हङकङका अधिकारीहरुले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने बताएका छन्। (एजेन्सी)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्