पश्चिम नवलपरासीमा चट्याङ लागेर एकको ज्यान गयो

chatyang
लाेकपाटी न्यूज

रमेश कुमार भुसाल/पश्चिम नवलपरासी,२९ जेठ । पश्चिम नवलपरासीमा बुधबार चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङबाट ६५ बर्षिय झिन्कु लोनियाकाे ज्यान गएकाे हाे।

दिउँसो एक बजेर ४५ मिनेट जाँदा परेको चट्याङबाट प्रतापपुर गाँउपालीका वडा नम्बर ५ वेतहानीको बाटो हिडिरहेका सोहि ठाँउका ६५ बर्षिय झिन्कु लोनियालाई लागेको थियो । चट्याङ लागी घाइते भएका लोनियालाई उपचारको लागी वर्दघाट चौपत्ताको सामुदायिक अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा दिउँसो २ बजेर ३५ मिनट जाँदा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्