एक लाख घुससहित इन्जिनियर पक्राउ

Ghus kanda
लाेकपाटी न्यूज

इटहरी, ३० जेठ । इटहरीमा एक जना इन्जिनीयरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा विकास श्रेष्ठ रहेका छन्।

बिहीबार बिहान सप्तरीको रुपनी गाउँपालिकाका वासिन्दा श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको हो। झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख रुपैयाँ घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्