गुठी विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन गर्छौं : प्रकाशमान सिंह

Prakashman singh
लाेकपाटी न्यूज

पर्सा, ३० जेठ। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती रहेको बताएका छन्। कांग्रेसको पर्सा जिल्ला कार्यसमितिले पार्टी अफिस वीरगञ्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री सिंहले देशभर कांग्रेसप्रति जनचासो बढिरहेको भएपनि कांग्रेसले आकर्षक कार्यक्रम दिन नसकेकाल अलमलको स्थिति सिर्जना भएको बताएका हुन्।

यस्तै सरकार एकपछि अर्को विवादास्पद मुद्धामा फसेको बताउँदै उनले जनभावनाको ख्यालै नगरी मनोमानी ढङ्गले प्रस्तुत भएको बताए। जसको ज्वलन्त उदाहरण गुठी विधेयक नै भएको उनको भनाइ छ। उनले गुठी विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन शुरु हुने चेतावानीसमेत दिएका छन्। मुलुकको संस्कृतिक र ऐतिहाँसिक धर्म-संस्कारको नष्ट गर्ने गलत मनसायका साथ यो विधेयक आएको भन्दै उनले कम्युनिष्ट शासन शुरु भएको हुँदा सजक रहनसमेत आग्रह गरे।

यस्तै उनले कांग्रेसभित्र डाइनामिक नेताको खोजि भइरहेको बताउँदै गतिशिल मजबुत कांग्रेसको मुलुकले गरेको बताए। उनले आफुहरु व्यक्ति भन्दा बलियो र शसक्त कांग्रेस पार्टी निमार्णमा लागि परेको बताए। जनताको हितलाई ध्यानमा राखेर कायृकर्ताको भावनाको पनि सम्मान गर्नु पर्ने दायित्व र हेको बताउँदै उनले यस तर्फ गम्भिरताका साथ लाग्नुपर्ने अवस्था आएको बताए।

संगठनसमेत लथालिङ्ग अवस्थामा रहेकाले तदर्थवादबाट पार्टी संचालन गरिरहँदा कार्यकर्ताहरुमा निराशा छाएको भन्दै उनले कमजोर पार्टी संगठनले मैदानको लडाइँ जित्न नसक्ने स्पष्ट पारे।