‘उर्जामन्त्री अत्यन्तै मृदुभाषी हुनुहुन्छ, उहाँ र मेराे चरित्रहत्या गरियाे’

Ravi- Barshaman
लाेकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। सञ्चारकर्मी तथा ‘न्युज ट्वान्टी फोर’का चर्चित पत्रकार रवी लामिछानेले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र आफ्नो बारे भ्रामक समाचार बनाइ दुरुपयोग गरेको बताएका छन्। उनले मिडियाको नामको दुरुपयोग गरी भ्रम र अफवाह फैलाउनेमाथि कानुनी कार्वाही सुरु भइसकेको बताएका छन्।

उनले उर्जामन्त्री वर्षमान पुन ज्यादै सरल र मृदुभाषी स्वभावको भएको बताउँदै भने, ‘उहाँबाट त्यस्ता अभिव्यक्तिको सम्भावना नै छैन। मन्त्रीज्यु आफैलेपनि कहि कतै त्यस्तो अभिव्यक्ति नदिएको कुरा स्पष्ट पार्नु भएको छ भने नयाँ पत्रीकाले त्यस्ता कुनै समाग्री प्रकाशन नगरेको स्पष्ट पारेको छ। यसबाट कोहिपनि भ्रममा नपर्नुहुन म अनुरोध गर्दछु।’

उनले सामाजिक सञ्जाल प्रयोगकर्तालार्य सत्यतथ्य नबुझी कुनै पनि सामग्रीमाथि समर्थन वा विरोध नगर्नसमेत आग्रह गरेका छन्। उनले भने, ‘गलत समाचार प्रवाह गर्नेहरु कसैका मित्र वा शुभचिन्तक होइनन्। ती त यो समाजकै दुश्मन हुन, जो एक अर्कालाई लडाएर भिडाएर मनोरञ्जन लिन्छन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्