विद्यार्थीलाई चरित्रवान बनाउन प्रदेश १ मा ‘म अघि बढ्छु’ अभियान

pradesh-no.-1
लाेकपाटी न्यूज

झापा, ३२ जेठ । प्रदेश नं. १ सरकारले ‘म अघि बढ्छु’ अभियान गर्ने भएको छ । सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ।

प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं. १ सरकारले सञ्चालन गर्ने बृहत कार्यक्रम हुनेछ।आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालू आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रुपमा शुरु हुने बताए।

उनले दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले चालू आर्थिक वर्षबाटै कार्यक्रम शुरु गर्ने गरी सगरमाथा टिन्स क्लब सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७६ लागू गरेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्