‘फेल भएका शिक्षक घर जान्छन्’ : गिरिराजमणि पोखरेल

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १ असार । परीक्षामा अनुतीर्ण भएका शिक्षकहरुलाई विदाई गर्ने प्रक्रिया सुरु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिक सत्र भित्रै सम्मानका साथ विदाई गर्ने योजना पनि अघि सारेको बताएका थिए।

सोही अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई घर फर्काउने प्रक्रिया सुरु गरेको हो।सरकारले अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित विदाई गर्न लागेको हो। यसका लागि लाग्ने खर्च मध्ये आधा रकम झण्डै चार अर्ब रुपैयाँ एक साताभित्रै विद्यालय शिक्षक किताब खानामार्फत जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा पठाईने भएको छ।

परीक्षामा अत्याधिक शिक्षकहरु अनुतिर्ण भएको कारण उनीहरुलाई आर्थिक साहयतासहित विदा गर्न ८ अर्ब रुपैयाँ लाग्ने भएको छ। जसमा पहिलो चरणमा चार अर्ब रुपैयाँ एक साताभित्रै जिल्ला पठाइने किताब खानाका प्रवक्ता उपसचिव रवीन्द्र बुढाप्रितीले बताए। किताव खानाले शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विभिन्न जिल्लाबाट आएको शिक्षकको विवरण निक्र्योल गरी रकम निकासाका लागि पठाउने गर्छ।

आन्तरिक परीक्षामा अनुतीर्ण शिक्षकको विवरण पठाउन जिल्लालाई ताकेता गर्दा पनि संख्या नआएकोले समस्या भएको किताबखानाको भनाइ छ। सरकारले शिक्षा ऐन संशोधन गरी अस्थायी दरबन्दीमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएको थियो।

करिब २३ हजार शिक्षक प्रतिस्पर्धामा सहभागी भएपनि १४ हजार मात्रै उत्तीर्ण भएका थिए। जसमा झण्डै ९ हजार शिक्षक अनुतीर्ण भएका थिए। अनुत्तीर्ण शिक्षकलाई उनीहरूको सेवा अवधि गणना गरी रकम दिने (गोल्डेन ह्यान्डसेक) व्यवस्था शिक्षा ऐनमा छ। जस अनुसार पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्ष आधा महिनाको तलब बराबरको रकम दिइनेछ।

१० वर्षदेखि पन्ध्र वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको एक महिनाको तलब तथा पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको डेढ महिनाको तलब बराबरको रकम दिइने नीतिगत व्यवस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्